खोटाङमा मृत फेला परेका दिदीभाइको चिहान प्रहरी नियन्त्रणमा

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३, छोरम्बुका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षीय मेगराज बस्नेतको शव गाडिएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन २२ गते दिदीभाइसहित ६ जना बालबालिका घरमा जानकारी नदिई वेपत्ता भएका थिए। खोजीक्रममा राति १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा दुवैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। पौडी खेल्न साप्सुखोला पुगेका उनीहरू भीरबाट खस्दा पानीमा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

लडेर मृत्यु भएको यकिन भन्दै परिवारले साउन २३ गते शवलाई घरबाट करिब तीन किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा गाडेको थियो। तर कानुनी प्रक्रिया पूरा नगरी चुपचाप गाडिएको सूचनापछि प्रहरीचौकी दिप्रुङ चुईचुम्माले साउन २४ गते स्थलमा पुगेर चिहान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय खोटाङबजारबाट टोली खटाइएको छ। बस्नेत दिदीभाइसँगै हराएका अन्य चार बालबालिका भने सकुशल भेटिएका छन्।-खबरखेतीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।