ओखलढुंगामा एक सरकारी कार्यालयकी सहयोगीले १३ वर्षीया किशोरीलाई कार्यालय प्रमुखसँग यौन सम्बन्ध राख्न प्रलोभन दिएपछि

ओखलढुंगा । ओखलढुंगामा एक सरकारी कार्यालयकी सहयोगीले १३ वर्षीया किशोरीलाई कार्यालय प्रमुखसँग यौन सम्बन्ध राख्न प्रलोभन दिएको अडियो बाहिरिएपछि पक्राउ परेकी छिन्। प्रहरीले २५ मिनेट लामो रेकर्डसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार, पक्राउ परेकी महिला प्रमिला विश्वकर्मा हुन्। उनी कार्यरत सरकारी कार्यालयकै प्रमुखसँग यौन सम्बन्ध राख्न राजी गराउन नाबालिगलाई बारम्बार फकाएको आरोप लागेको छ।

बालिकाले दिएको जाहेरीका आधारमा प्रमिलालाई साउन २१ गते पक्राउ गरिएको हो। बालबालिका सम्बन्धी ऐनअन्तर्गत बालयौन दुराचारको अभियोगमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रमिलाले ‘ठूला मान्छेसँग संगत गर्नुपर्छ’, ‘खर्च दिन्छन्’, ‘फोन बनाइदिनुहुन्छ’ जस्ता प्रलोभन दिँदै बालिकालाई फकाउने प्रयास गरेको अडियो रेकर्ड प्रहरीले पाएको छ। इन्स्पेक्टर भट्टराईका अनुसार, प्रमिलाले रेकर्डमा बोलेको आवाज आफ्नै भएको स्वीकार गरेकी छन्।

पीडित बालिका कक्षा ८ मा अध्ययनरत छन्। उनका आमाबुबा रोजगारीका लागि भारतमा छन् र उनी बहिनीसँग डेरामा बस्दै आएकी छन्। स्कुल र उक्त सरकारी कार्यालयको खेलमैदान एउटै स्थानमा पर्छ।

प्रहरीका अनुसार, प्रमिलाले कार्यालय प्रमुखको नामसमेत लिएकी छिन्। तर, यो काम प्रमुखको निर्देशनमा भएको हो कि उनले आफ्नै तरिकाले नाम जोडिन् भन्नेबारे अझै यकिन भएको छैन।

बालिकाले बहिनीसँगै खेलमैदानमा भेट भएका बेला र पछि पनि प्रमिलाले निरन्तर ‘सर’सँग भेट गर्न प्रलोभन दिइरहेको भन्दै अन्ततः अडियो रेकर्ड गरेर प्रहरीलाई बुझाएकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र आइतबारदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।