सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ

कास्की, २५ साउन । सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरको छ । 
 
पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका-१ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, सोही महानगरपालिका-३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, सोही महानगरपालिका-९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, सोही महानगरपालिका-२ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र सोही महानगरपालिका-८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार रहेका छन् । 
 
पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९  का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  
 
प्रहरीले राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५ सय रूपैयाँ, मनिकको साथबाट सुन १३ तोला १७ लाल र चाँदी १० तोला ५५ लाल, सन्दिपको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथको साथबाट सुन १२ तोला १२.७ लाल र चाँदी ९ तोला ५९.४ लाल, दिपकको साथबाट सुन ३८ तोला ५ लाल र चाँदी ३० तोला ११ लाल, गोविन्दको साथबाट सुन २ सय १० तोला ८९ लाल, असितको साथबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापसको साथबाट सुन २४ तोला १५ लाल, उज्वलको साथबाट सुन ५ तोला ४६.९ लाल, सुनिताको साथबाट  सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभासको साथबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार रूपैयाँ तथा पोखरा महानगरपालिका-१ स्थित सन्जय ढावको कारखानाबाट सुन १३ तोला ५८ लाल, चाँदी ४ तोला २३ लाल र नगद १ लाख ६९ हजार १ सय ५५ रूपैयाँ समेत बरामद गरेको छ । प्रहरीले हाल फरार सन्जयको खोजी गरिरहेको छ । 
 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖