मोरङ्गको पथरीमा संगिनी नाच बचाउन नियमित प्रशिक्षण

माेरङ, २६ साउन । संगिनी नाच लोप उन्मुख भएको भन्दै मोरङ्गको पथरी शनिश्चरे ३ का महिलाहरु यसको संरक्षणमा लागेका छन् ।

 

संगिनी’ नृत्यलाई बचाई राख्न यहाँका महिलाहरु सामुहिक प्रयास थालेका छन् । उनीहरु लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन् ।

 

खासगरी महिलाहरुद्वारा गीत गाएर नाँचीनाँची खेल्ने एक परम्परागत नृत्य हो ‘संगिनी’ । ‘संगिनी’ नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ ।

 

यसरी नाच्नुलाई ‘संगिनी’ नृत्य भनिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँदै नाच्दैँ गरिने यो ‘संगिनी’ गीत सुन्नमा मिठो हुन्छ । बिस्तारै गीत गाउँदै र नाच्दै गरिने यो ‘संगिनी’ नाच बढ्दो आधुनिकीकरण सँगै विस्तारै लोप हुने स्थितिमा पुगेको छ । अहिलेको पुस्ता त ‘संगिनी’ नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ ।

 

‘संगिनी’ संरक्षणमा पथरीशनिश्चरे- ३ का  महिलाहरु जुटेपछि उनीहरुको यो कामको चौतर्फी तारिफ र प्रशंसा हुन थालेको छ । भजन किर्तन मार्फत सुरु भएको उनीहरुको अभियान अहिले संगिनी महोत्सव सम्म पुगेको छ । गत फागुनमा उनीहरुले नेपालमै पहिलो पटक संगिनी महोत्सव सम्पन्न गरिएकाे थियाे । 

 

जागरुक महिला हरिकिर्तन तथा संगिनी समुह नै दर्ता गरेर महिलाहरुले संगिनी संरक्षणका सुरुवात गरेका हुन् । उनीहरुको यो कार्यमा प्रदेश सरकार र पथरी शनिश्चरे नगरपालिकाले समेत साथ दिन थालेको छ । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेका यहाँका महिला हरुलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । पछिल्लो समय यहाँका महिलाले ‘संगिनी’ नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको स्थानिय अग्रज भुवनेश्वर पोखरेलको प्रतिक्रिया छ ।

 

संगिनी नाचको संरक्षणमा लागेको समुहकी सदस्य नर्वादा खतिवडाका अनुसार सामूहिक रूपमा लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्ने शैलीमा नाच्ने र यस नाचमा महिलाहरूले आफ्नो पीडाका कथा लयमा परिणत गरेर गाउने गर्छन् ।

 

‘संगिनी’ नाच हिजोआज पथरीशनिश्चरेका गाउँ–गाउँमा देख्न र सुन्न सकिन्छ । बिशेषगरी चाडपर्व र उत्सवको अवसरमा गाउँदै नाचिने ‘संगिनी’ अहिले औपचारिकरुपमा आयोजना गरिने कार्यक्रममा समेत देखिन थालेको छ । पछिल्लो समयमा झण्डै लोप हुने अवस्थामा पुगेको ‘संगिनी’ नाच यहाँका महिलाहरुका कारण विस्तारै पुनः ब्यूझन थालेको हाे ।

 

ऐतिहासिक तथा धार्मिक श्लोक समेटेर नाचिने ‘संगिनी’मा पछिल्लो समय महिला प्रोत्साहन र अन्य विषयका कथा समेत भाका हालिन थालिएको संस्थाकी सचिव यसोदा पोख्रेलको भनाई छ । समुहले संस्कृती लाई पुस्ता हस्तातरणका लागी बुहारी समुह र छोरी नातिनी समुहलाई प्रशिक्षण  दिने गरिएको बताइन् । 

 

आधुनिकतासँगै नेपाली समाजले मौलिक पहिचान भने बिर्सदै गएको तर्क गदैं यसको संरक्षणमा आफुहरु जुटेको पोख्रेलको प्रतिक्रिया छ। लोप हुन लागेको संस्कारलाई निक्कै वर्षदेखि संरक्षण गर्दै आएको बताउँछिन् उनी ।

 

बजारमा भित्रिएक क्यासेट अडियो प्ल्येयरका कारण हिजोआज ‘संगिनी’ नाच्ने प्रचलनमा कमी आएको देखिन्छ । ‘अहिले डिजे र मोवायलबाट गीत बजाउन थालियो, अहिलेका मान्छे त्यसैमा झुम्मिन थाले,’ स्थानिय महिला मञ्जु अधिकारी बताउछिन् ‘हजुरआमाका पालामा जस्तो हिजोआज ‘संगिनी’ नाचेको देखिँदैन ।’ ‘संगिनी’ नाचमा महिलाका दुःख सुखका कुराहरु, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खासगरी, पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको प्रति उनले चिन्ता व्यक्त गरीन् ।

 

मैलिक संस्कार बोकेको ‘संगिनी’ नाचलाई पथरीशनिश्चरेका महिलाहरुले जस्तै हजुरआमा पुस्तावाट नातिनी पुस्तासम्म पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने स्थानिय अगुवा खगेन्द्र लुइटेलको भनाई छ ।

 

पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेले विभिन्न जातजाति, वर्ग समुदायको भाषा, कला, संस्कृति, पहिचान र परम्परागत भेषभुषाको संरक्षण र जर्गेनाको लागि नगरपालिकाले बजेट विनियोजन गर्ने गरेको बताईन् । हरेक जातिको संस्कृति संरक्षणमा हातेमालो गर्दै आएको स्थानीय सरकारले सांस्कृतिक पर्व मनाउनका लागि जति सकेको आर्थिक सहयोग समेत प्रदान गरेको उनले भनिन् ।

 

 

जातीय, धार्मिक र सांस्कृतिक विविधताको समाजमा भएका अनेक परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि स्थानीय सरकारले गर्ने साथ सहयोग सधै रहने उनको भनाई छ । नगरकै सहयोगमा नेपालमै पहिलो संगिनी महोत्सव आयोजना हुनु सकारात्मक भएको काफ्लेका भनाइ छ । यहाकै महिलाले संगिनी संरक्षणमा गरेको प्रयास देखेर पथरीशनिश्चरे ८का वडाअध्यक्ष नविन जंग काकीले संगिनी प्रशिक्षण कार्यक्रम नै सुरुवात गरेका छन् । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।