सामुदायिक वन दिवसका अवसरमा डाँस-मोरङ्गी सामुदायिक वनमा वृक्षरोपण

पथरी (मोरङ) – सामुदायिक वन दिवसका अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायीक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ।

हरेक वर्ष विविध कार्यक्रम गरी मनाउँदै आइएको सामुदायिक वन दिवस यस वर्ष डाँस-मोरङ्गीमा वृक्षरोपण गरि मनाइएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर कार्यसमितिले आइतबार आयोजना गरेको उक्त वृक्षरोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सहकार्य गरेको गरेको थियो।

जंगली जनावरहरुलाई जंगलमा आहाराको अभावमा जंगली जनावरहरू सडकमा पुग्दा दुर्घटनाको जोखिम बढ्ने तथा बस्तीमा हात्ती प्रवेश गर्ने र क्षति बढ्ने हुँदा त्यस्ता सम्भावित जोखिम न्यूनीकरण हुने अपेक्षासहित उक्त वृक्षरोपण कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए।

उक्त कार्यक्रम अन्तर्गत वन क्षेत्रमा २ सय ५० बोट केरा र कार्यालय परिसरमा २ सय ५० बोट सुपारी लगाइएको डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौलाले जानकारी दिए।

सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरे नगरअध्यक्ष मैनादेवी फुयाँलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापो प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्वापोले वन क्षेत्रका समस्या समाधानका लागि नगर सधैं सहकार्य गर्न तत्पर रहेको बताए। आफू पनि वन क्षेत्रमा कार्य गरेको विगत बताउँदै कतिपय कार्यमा ऐन-कानुन बाधक बनिरहेको समेत उनले बताए।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय पथरीका कार्यालय प्रमुख डिएसपी तुलसीराम अर्यालले वन क्षेत्रमा हुने गरेका आपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि पनि प्रहरी र वनकर्मीहरूको सहकार्य रहनुपर्ने बताए।

कार्यक्रममा विभिन्न सामाजिक संस्था र वन समितिहरूका साथै स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।