चतराधाममा शिव अनुष्ठा गरेर फर्किएका काका भतिजको ज्या`न बीच जंगलले एकै सासमा नि`ल्यो

इटहरी । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा बिर्तामोडका दुई युवाको मृत्यु भएपछि यहाँका सुनचाँदी व्यवसायीहरु शोकाकुल भएका छन् । शनिबार बिहान ११ः२० बजे इटहरी उपमहानगरपालिका वडा नम्बर २० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नम्बरको स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस एक आपसमा ठो`क्किएको थियो ।

दुर्घटनामा स्कुटर चालक बिर्तामोड ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बिक र पछाडि सवार बिर्तामोड ५ कै बर्ष अन्दाजी २२ का सुरज बिकको मृ`त्यु भएको हो । दुवै घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएकोमा उपचारका क्रममा १२ः३० बजे दुवैको मृ`त्यु भएको प्रहरीले जनाएको छ ।

काका भतिजा सम्बन्धमा रहेका उनीहरु चतराबाट फर्किंदै गरेको बताइएको छ । स्कुटर, बस र बस चालक उदयपुर बेलका ३ बस्ने २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नि`यन्त्रणमा लिएको छ । बिर्तामोड र मोरङको बेलबारीमा सुनचाँदीको काम गर्ने सुजन र सुरजको मृत्युले बिर्तामोडका व्यवसायीहरु शोकाकुल बनेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले बताएका छन् । उनीहरु चतरा धाम हुँदै आउँदै थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖