पहिरोले जयराम–हलेसी सडक खण्ड अवरुद्ध

खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् ।करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल) बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘जयराम–हलेसी सडक खण्डमा ठुलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ’, उनले भने, ‘लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।’

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

‘पहिरो ठुलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ’, उनले भने, ‘अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।’हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।