झापाबाट लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, साउन २७ गते । झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖