कोरियामा सडक दुर्घटनामा परि इलामका सागर राईको निधन
इलाम । सूर्योदय नगरपालिका–९ रमफोकका २८ वर्षीय सागर राईको दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
दक्षिण कोरियाको ख्यङ्जु मोह्वामा कार्यरत राईको अगस्ट ९ मा दुर्घटना भई तीन दिन उपचारपछि अगस्ट ११ मा मृत्यु भएको हो।
ईपीएस मार्फत करिब दुई वर्ष तीन महिना अघि कोरिया पुगेका राईको पोस्टमार्टम सकिएपछि अब अस्पतालमा राख्न नमिल्ने भएकाले परिवार र आफन्तको सहमतिमा नेपाल ल्याउने तयारी भएको छ।


