कञ्चनपुरमा नरबहादुर कर्मचार्य प्रतिष्ठान शाखाको उदघाटन

 
कञ्चनपुर, २७ साउन ।नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन गर्दै संस्थापक नेता नरबहादुर कर्माचार्यको योगदान र विचारलाई निरन्तरता दिन आग्रह गरेका छन्।
 
पार्टीको भीमदत्त नगरपालिकाको सम्मेलनमा सहभागी हुन कञ्चनपुर पुगेका श्रेष्ठले प्रतिष्ठानको शाखा कार्यालय उद्घाटनसँगै संस्थापक सदस्य कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गरे।
 
कार्यक्रममा उनले कार्यालयका लागि स्थान उपलब्ध गराउने  पंकज रावल र उनको परिवारलाई विशेष धन्यवाद दिए।

श्रेष्ठले भने, “नरबहादुर कर्माचार्यजस्ता निष्ठावान, सिद्धान्तनिष्ठ र निरन्तर संघर्षशील नेता कम पाइन्छन्। उहाँको जीवनचरित्रबाट हामीले प्रेरणा लिनुपर्छ, भ्रष्टाचार र विचलनबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउनु पर्छ।”
उनले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै २००६ सालमा कम्रेड पुष्पलालको नेतृत्वमा सुरु भएको संघर्षबाट मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संविधान स्थापना हुन पुगेको उल्लेख गर्दै उनले भने, “यो उपलब्धिको रक्षा गर्नु आजको पहिलो काम हो।”

श्रेष्ठले लोकतान्त्रिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिको अभियानलाई तीव्र बनाउनु पर्नेमा जोड दिए।

“सहिदहरूले राजनीतिक परिवर्तन मात्र होइन, विकास र समृद्धिका लागि बलिदान दिएका थिए। त्यो काम नगरी हाम्रो ऐतिहासिक उद्देश्य पूरा हुँदैन,” उनले भने।

उनले वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने आवश्यकता औंल्याउँदै पार्टी एकता र मजदुर–किसान–दलित–जनजाति लगायत उत्पीडित वर्गका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखे। “पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास र वर्गसंघर्षलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले थपे।

श्रेष्ठले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको भूमिका वैचारिक कामलाई अगाडि बढाउने, नेताहरूको जीवनचरित्रको प्रचार–प्रसार गर्ने र जनतालाई सचेत बनाउने संस्था हुने बताए। उनले प्रतिष्ठानको तर्फबाट प्रकाशित ‘अनुशीलन’ नामक वैचारिक जर्नल, वैज्ञानिक दृष्टिकोणबाट वर्गविश्लेषणको अभियानबारे हुने । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे  जानकारी पनि दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका प्रतिनिधि, पत्रकार, पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।