झापाको दमकमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
झापा । झापाको दमक–१० का ११ वर्षीय धर्मेन्द्र प्रसाईंको बुधबार बिहान भालु खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
घर नजिकैको खोलामा साथीसँग पौडी खेल्ने क्रममा बगिएका उनलाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।


