इलामको माइखोलामा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह
इलाम । इलामको माइखोलाले चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ।
नदीको तटीय क्षेत्र र डुबान भइरहने होचो स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ। विभागले नदी किनारको क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ।
नदी तटीय क्षेत्र र डुबान भइरहने होचो स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचनामार्फत सचेत गराएको छ।


