पाल्पाको दोभान कालीरहमा सडक भासियो
बुटवल । पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ ।
यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढियो गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।


