इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु
इलाम । इलाममा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमाका ६० वर्षीय वीरबहादुर राई रहेका छन् ।
आज दिउँसो आएको लेदोसहितको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।


