चक्रे मिलन ३० हजार धरौंटीमा रिहा हुने

काठमाडौं, २८ साउन ।  चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश भएको छ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको एक इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
 
चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार मात्रै अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।तर, त्यसको भोलीपल्ट उनलाई धरौंटीमा छाडन आदेश दिएको हो  ।

जसअनुसार गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार तथा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटीमा छाडन आदेश दिएको हो ।

प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट पक्राउ गरेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖