विराटनगर महानगरका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम

विराटनगर । ब्रम्हाकुमारी राजयोग सेवा विराटनगरले विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम दिइएको छ ।

तनावरहित जनप्रतिनिधि र कर्मचारीले मात्रै प्रभावकारी सेवा दिन सक्ने भन्दै ब्रम्हाकुमारी राजयोगले तालिम दिएको हो । महानगरको सभाहलमा आयोजित तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहमा मेयर कोइरालाले तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न हौसला प्रदान गरेको बताए ।

ब्रम्हाकुमारी राजयोगका प्रशिक्षक राजु घलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । उनले सुख र दुःख आफूभित्रै हुने बताउँदै जीवनलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा रहेको बताए । सुख–दुःख, खुसी–दुःखी, आशा–निराशा, सफलता–असफलता, सकारात्मक–नकारात्मक आफ्नै कारणले हुने उनको भनाइ थियो । प्रशिक्षक घलले सँगै मनमा सकारात्मक विचार लिनुपर्नेमा जोड दिए ।

ब्रम्हाकुमारी गीता कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, जितन थापा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।