चक्लाबन्दी बनाएर पर्वत र बाग्लुङमा फलफूल खेती सुरूः प्रधानमन्त्री

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिएका हुन ।

‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र  एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, उनले लेखेका छन ।

 

कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

 

कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास छ। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, उनले लेखेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।