नक्कली व्याकुल माईला उर्फ मिलन राई इटहरीबाट पक्राउ
इटहरी । आफूलाई “राष्ट्रिय गीत – सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली” गीतको रचनाकार ब्याकुल माइला भनी ठग्दै हिंड्ने नक्कली व्याकुल माईला उर्फ मिलन राईलाई बिहीबार इटहरीबाट पक्राउ गरिएको छ।
उनले माईलाका नाममा प्रकाशित पुस्तकको भुक्तानी लिन आएका बेला समातिएका हुन्।
यसअघि पनि नक्कली माईला भई ठगी गरेको आरोपमा पक्राउ परेर सर्तमा रिहा भएका राईलाई म्याद थपका लागि इनरुवा पठाइने प्रहरीले जनाएको छ।-स्रोत :निलोपाटी


