झापाको मंगलबारे बजार स्थित एक किराना पसलमा चोरी
झापा । गएराति झापा जिल्लाको हल्दीबारी–४ मंगलबारे बजारस्थित एक किराना पसलमा चोरी भएको छ।
स्थानीय व्यापारी राजेश बजगाईले सञ्चालन गर्दै आएको *सस्तो सुलभ किराना पसल*को सटर फुटाई अज्ञात समूहले मोबाइल, ल्यापटप, नगद तथा केही जिन्सी सामान चोरी गरेको प्रहरीले जनाएको छ। चोरी भएको सामानको अनुमानित मूल्य करिब ४ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालयका टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
स्थानीयहरूले मंगलबारे बजार क्षेत्रमा यसअघि पनि यस्तै चोरीका घटना भइरहेकाले व्यापारीहरूमा सुरक्षा सम्बन्धी चिन्ता बढेको बताएका छन्।


