मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

विराटनगर, साउन ३० गते । मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत अररिया थाना सिक्टी मुरारीपुरका २९ बर्षीय राकेश प्रमाणी र ऱंगेली नगरपालिका- ५ का १९ बर्षीय रिंकु कुमार शर्मा समेतलाई ४१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै सुनससरीको अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित धरान- १६ का २२ बर्षीय रकिल राईलाई प्रक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।