झापामा पौडी खेल्ने क्रममा खोलामा डुबेर कक्षा–१० मा अध्ययनरत छात्राको मृत्यु
झापा । झापाको बाह्रदशी गाउँपालिका–७ मा रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत छात्राको घाग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
विद्यालय बिदा भएपछि पौडी खेल्न गएकी बाह्रदशी गाउँपालिका–५ कालदाशबारी जनज्योति स्कूल छेउ बस्ने १६ वर्षीया झरना राजवंशी घाग्रा खोलामा डुबेको स्थानीयले बताएका छन्।
प्रहरी टोलि पुगेर थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले बताएको छ ।


