फूल र विरुवाको संरक्षणका लागि विराटनगर महानगरले स्वयमसेवक परिचालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र विरुवाको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र विरुवामा क्षति पुग्ने भन्दै महानगरले स्वयम्सेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो । फूल र विरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको छ ।

महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले फूल र विरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरे । ‘तपाईंहरु पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईंहरुले कुटपिट गर्ने र हुलहुज्जत गर्ने काम नगर्नुहोला,’ उनले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसार ढुंगेल, रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, नगर प्रहरीका डिएसपी अनमोल खड्कालगायतले रथयात्रालाई मर्यादित र व्यवस्थित बनाउने सबैको दायित्व भएको बताए । फूल र विरुवाको संरक्षणका लागि ५ सय युवा स्वयम्सेवक परिचालन गरिने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।