मोरङको रमितेबाट फर्किँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मोरंग, ३१ साउन । मोरङको पर्यटकिय क्षेत्र रमीते बाट फर्कदै गरेको मोटरसाइकल मिक्लाजुङ गाउपालिकाको वडा नम्बर- ३ को अधिकारी चौकमा शनिबार दिउँसो दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मे २ प ९०९७ नम्बरको मोटरसाइकल रमितेबाट उर्लाबारीतर्फ फर्किँदै गर्दा करिब दिउँसो ३:५० बजेतिर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । सो मोटरसाइकलमा अन्दाजी २८/२९ वर्षका चालक र पछाडि बसेका करिब १५/१६ वर्षका बालक सवार रहेका थिए।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖