सप्तकोसीमा डुबेर किशोरी बेपत्ता,एक पुरुषको मृत्यु
सुनसरी । सप्तकोसी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् भने सप्तकोसी नदी किनारामा हिँडिरहेका एक पुरुषको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरा-बराहक्षेत्र सडकमा स १० प ७८२१ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका सप्तरीका ३० वर्षीय जीवन साहलाई भीरबाट झरेको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।
मोटरसाइकलको पछाडि सवार रहेका सप्तरीकै धर्मेन्द्र कुमार साह सामान्य घाइते भएको उनले बताए।
त्यस्तै सप्तकोसी नदीमा डुबेर धरान उपमहानगरपालिका-१६ कि १९ वर्षीय अनिता राई बेपत्ता भएकी छिन।
बाबू जीवन राई सङ्गै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा चतराघाटस्थित दुधपानी खोलामा मोटरसहित बाबुछोरीलाई खोलाले बगाएको थियो। खोलाको बाढीले बगाएर दुबैलाई ५० मिटरको दूरीमा रहेको सप्तकोसी नदीमा पुर्याएको थियो।


