५७ औं राधाकृष्ण रथयात्रा : विराटनगरलाई एकता र सहिष्णुताको प्रतीक बनाउने अवसर

विराटनगर । विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् ।

एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका सांस्कृतिक कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै मेयर कोइरालाले रथयात्राले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यसपटक रथयात्राको तयारीलाई थप व्यवस्थित बनाउन महानगरपालिकाले झन्डै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस बजेटमार्फत नयाँ र आकर्षक रथ निर्माण गरिएको छ । जसले भक्तजनको ध्यान आकर्षण र केन्द्रित गर्न सहयोग पु¥याउने विश्वास मेयर कोइरालाले व्यक्त गरे ।

‘विराटनगरको प्रतिष्ठासँग जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउन हामी सबैको कर्तव्य हो,’ मेयर कोइरालाले भने, ‘महानगरको तर्फबाट आयोजक समितिले आवश्यक ठानेका सबै किसिमका सहयोगहरू प्रदान गरिएको छ ।’

रथयात्राका अवसरमा सहभागी भक्तजनलाई मर्यादित र सुरक्षित रूपमा सहभागी हुन विशेष आग्रह पनि गरिएको छ । भीडको चाप हुने भएकाले महँगा गरगहना नलगाउन, व्यक्तिगत सामानको सुरक्षा गर्न, ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न र सौन्दर्यकरण अभियानअन्तर्गत रोपिएका फूल तथा विरुवा संरक्षणमा समेत ध्यान दिन मेयर कोइरालाले अनुरोध गरेका छन् ।

उनले ५७ औं संस्करणको रथयात्राले विराटनगरलाई सफा, सुन्दर, हरियाली, विकसित र व्यवस्थित महानगर बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे । ५७ औं संस्करणको रथ आज दिउँसो ३ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।