पहिरो हटाएपछि नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा
चितवन । सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८:१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।


