सुनसरीको चतराघाटस्थित दूधपानी खोलाबाट दुई दिन अघि बेपत्ता अनिता राईको शव भेटियो
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटस्थित दूधपानी खोलाबाट दुई दिन अघि बेपत्ता भएकी १८ वर्षीया अनिता राईको शव आज सप्तकोशी नदी किनारमा फेला परेको छ।
प्रहरीका अनुसार राजाबास स्थित २६/८८ नोजबाट करिब १५० मिटर तल उनको शव भेटिएको हो। अनिता राई दुई दिन अघि बुबा जीवन राईसँग बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा दूधपानी खोलाले दुवैलाई बगाएको थियो।
सोही क्रममा बुबा जीवन राईलाई भने त्यही दिन स्थानीयवासीले सप्तकोशी नदी किनारबाट जीवितै उद्धार गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


