झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर, भदौ १ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ३१ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३१ ग्राम ६ सय ९६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सिन्धुपाल्चोक जुगल गाउँपालिका- २ का २४ बर्षीय रामहरी सिलवाल, २३ बर्षीय सुरेन्द्र सिलवाल र मेचिनगर- १० का २८ बर्षीय सुरेश गुरुङलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाले १४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा- ६ मोरङका ३७ बर्षीय रोशन खड्का, ३२ बर्षीय लाल बहादुर बि.क., धादिङ थाक्रेका ३१ बर्षीय कुमार बिडारी र दोलखाका ३३ बर्षीय राम आछामेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।