धनकुटा,उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ

विराटनगर, भदौ १ गते । धनकुटा, उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ३१ गते लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभुमि गाउँपालिका- ६ का २७ बर्षीय अशोक राईलाई धनकुटा नगरपालिका- १ स्थितमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६१० क्याप्सुल र ७५४ ट्याब्लेट बरामद गरी नियन्त्रणमा लिएको हो ।

त्यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका- ७ बाट अस्थायी प्रहरी पोष्ट हाडेबासले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध २०४ एम्पुल र ४ वटा सिरिन्ज सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङले मिक्लाजुङ गाउँपालिका- ९ बाट क्याप्सुल २२ वटा र १२ वटा गोटी सहित १९ बर्षीय राजु तामाङ, मिक्लाजुङ- ६ का सन्तोष थापा र मिक्लाजुङ- १ का २३ बर्षीय माधव श्रेष्ठलाई नियन्त्रणमा लिएको हो भने भोजपुरको अरुण गाउँपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले चेकजाँचको ट्रामाडोल ५९ ट्याब्लेट फेला षडानन्द नगरपालिका- १३ का २५ बर्षीय सन्तोष मगर, भोजपुर नगरपालिका- १० का २४ बर्षीय भबिन बि.क र भोजपुर नगरपालिका- ९ का २५ बर्षीय प्रदिप शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।