दमकको होटलमा एक पुरुष मृत फेला

झापा । झापा दमकको परदेशी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।

आईतबार दिउँसो अन्दाजी १.३० बजे दमक –६ फाल्गुननन्द चोकमा रहेको परदेशी होटल एन्ड लजको रुम नं. २०१ मा बेलडाँगी २ बस्ने भुटानी शरणार्थी वर्ष अन्दाजी ३५ का संजिल राई मृत फेला परेका हुन् । उनी साउन २५ गतेदेखि सो होटलमा बस्दै आएका थिए ।

बहिनी नाताकी मनिला चाम्लिङ राईले फोन गर्दा नउठाएपछि सोही होटलमा आई हेर्दा राई घोप्टो परी बेहोस अवस्थामा भेटिएका थिए । उनको नजिकमा रहेको टेबुलमा गुग्ली नामक बिषादिको बट्टा फेला परेको छ ।

राईलाई लाइफलाइन अस्पताल दमकमा लगी उपचार गराउने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

पाँचथर मिक्लाजुङ –३ घर भएका प्रेमकुमार फियाकले फाल्गुननन्द चोकमा सो होटल सञ्चालन गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।