साउन २३ गतेदेखि बेपत्ता २६ वर्षकी श्यामकला पाण्डे र ७ वर्षका छोरा अर्पित पाण्डे मृत अवस्थामा फेला
नवलपुर । साउन २३ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २६ वर्षकी श्यामकला पाण्डे र उहाँका ७ वर्षका छोरा अर्पित पाण्डे मृत अवस्थामा फेला परेका छन्
नवलपुरको कावासोति–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी किनारमा महिलाको र करिब ३०० मिटर टाढा मध्यबिन्दु–१२ मा बालकको शव गलेको अवस्थामा फेला परेका छन्।
दुवै शव कावासोति अस्पतालमा राखिएको छ। बालकको पहिचान कानको मुन्द्रा र घाँटीको मालाबाट गरिएको वडा अध्यक्ष यादव पाण्डेले जानकारी दिएका छन्।


