आत्महत्या गरेका शिक्षकको निधनमा १४ दिनपछि विद्यालय बन्द, अभिभावक असन्तुष्ट

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले बरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक एकराम सिलवालको निधनमा सोमबार (आज) नगरभित्रका सबै विद्यालयमा शोक विदा दिने निर्णय गरेको छ ।

साउन २० गते आत्महत्या गरेका शिक्षकको सम्मानमा नगरपालिकाले १४ दिनपछि विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकाय असन्तुष्ट बनेका छन् ।

अभिभावकहरुले आत्महत्या बाध्यता नभई व्यक्तिको व्यक्तिगत निर्णय भएकाले त्यसलाई सम्मानका रूपमा प्रस्तुत गर्नु गलत रहेको टिप्पणी गरेका छन् । उनीहरूले यस्तो कदमले आत्महत्यालाई प्रोत्साहन गर्ने जस्तो देखिने र विद्यार्थीहरुलाई अनावश्यक रूपमा शोक मनाउन बाध्य बनाउने गरेको बताएका छन् ।

धर्मशास्त्रमा समेत आत्महत्या गर्नेको काजक्रिया नगर्नु भनेकाले सम्मानस्वरूप बिदा दिनुलाई ‘अनुचित’ भनेका छन् । सामान्यतया मृत्यु भएको दिन वा भोलिपल्ट मात्र शोक विदा दिने प्रचलन हुँदासमेत यसपटक १४ दिनपछि विद्यालय बन्द गरिएको विषयलाई लिएर प्रश्न उठाइएको छ ।

तर नगरपालिकाले भने २०४८ सालदेखि शिक्षक पेशामा संलग्न रहँदै शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालय विदा दिने निर्णय गरिएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक थिङले जारी गरेको सूचनामा ‘शिक्षक सिलवालको योगदानको सम्मान स्वरूप’ विद्यालय बन्द गरिएको उल्लेख छ ।

बर्खे विदा सकिएको भोलिपल्टै थप विदा दिइँदा विद्यार्थीको पठन–पाठनमा अवरोध भएको भन्दै अभिभावकले असन्तुष्टि व्यक्त गरेका छन् । तर नगरपालिकाले भने आफ्नो वार्षिक क्यालेन्डर अनुसार नै विद्यालय सञ्चालन भइरहेको बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖