मोरङको उर्लाबारीमा कारमा ल्याइएको लागुऔषध बरामद, ३ जना पक्राउ

मोरङ । उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले उनीहरुलाई आइतबार राति ११ बजेतिर उर्लाबारी–९ आमबारीबाट पक्राउ गरेको हो ।

प्रहरीले दुर्गापुरी–उर्लाबारी सडक खण्डमा आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको बा ३ च ७९८१ नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर खानतलासी गर्दा कारबाट लागुऔषध बरामद भएको डीएसपी चुँडालले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।