कुवेतमा विषाक्त मदिरा सेवनबाट झापाका रमेश सहित १६ नेपालीको मृत्यु

झापा । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ आप्रवासी कामदारले ज्यान गुमाएका छन्। मृतकमध्ये झापा कचनकवल गाउँपालिका–७ का २९ वर्षीय रमेश राजवंशी पनि छन्।

तीन वर्षअघि निलकमल ह्युमन रिसोर्समार्फत कुवेत पुगेका राजवंशी इन्टरनेशनल फर जनरल ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी मा क्लिनरको रूपमा कार्यरत थिए।

कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ३५ नेपालीसहित करिब १ सय ६० जना आप्रवासी बिरामी परेका छन्। तीमध्ये धेरैजना विभिन्न अस्पतालमा उपचाररत छन्।

साल्मिया क्षेत्रमा बसोबास गर्ने नेपाली, भारतीयसहितका आप्रवासीहरूले मिथानोलयुक्त मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि प्रयोग हुने मिथानोल मिसाइएको मदिरा सेवनकै कारण आप्रवासीहरूको मृत्यु भएको हो।

यस घटनापछि कुवेतमा रहेका नेपाली समुदाय शोकाकुल भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖