सुनसरी र मोरङबाट प्रतिबन्धित लागू औषध गाँजा सहित ८ जना पक्राउ

विराटनगर, भदौ ०२ गते । सुनसरी र मोरङको छुट्टा छुट्टा स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १ गते बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-२० स्थित जंगलबाट ७२ किलोग्राम लागू औषध गाँजा सहित धरान-२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभुमी गाउँपालिका-३ का ३४ वर्षीय प्रदिप राई र धरान १३ का ३१ वर्षीय सन्तोष राईलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा उर्लाबारी नगरपालिका-९ स्थितमा बा.३ च ७९८१ नम्बरको कारबाट ग्यालेन लुकाई छिपाई राखेको ५ लिटर कोरेक्स र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझा, उर्लावारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लावारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ लिम्बुलाई बा ७८ प ४०९८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

यसका साथै इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-६ बुढी खोला स्थितबाट बेबारीसे अवस्थामा रहेको ५९ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।