विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना

विराटनगर । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ ।

स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न र समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण माध्यम बन्नेछ ।’

यो केन्द्र सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ एजुकेशन र स्विट्जरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रमअन्तर्गत स्थापना गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले केन्द्रको सफलताले नगरको दीर्घकालीन विकास योजनासँग मेल खाने गरी प्रदेशस्तरीय नमुना बनाउन सहयोग गर्ने बताइन् ।

त्यस्तै उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य प्रतीक राउत, सगरमाथा आइ ल्याब समूहका सदस्य गणेश दाहाल, प्रितिका बस्नेत, निखत बानो, रोशना राईलगायत प्राविधिक सीपसहितको दक्ष जनशक्ति आजको आवश्यकता भएको बताए ।

उद्घाटन समारोहमा वक्ताहरूले अफ्रिकी देश रुवाण्डाले प्राविधिक तथा व्यावसायिक शिक्षामा ल्याएको सुधारको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तै सुधार सम्भव रहेको विश्वास व्यक्त गरे । ‘रुवाण्डाले स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य गर्दै सीप र रोजगारीलाई जोड्ने प्रणालीलाई सफल बनाएको छ,’ सगरमाथा आइ ल्याब समूहका सदस्य गणेश दाहालले भने, ‘विराटनगरबाट सुरु भएको यो केन्द्र त्यसै सुधारको नेपाली अभ्यास हो ।’

यो केन्द्रलाई नेपालमै प्राविधिक तथा व्यावसायिक शिक्षाको सुधारको अग्रणी नमुना परियोजनाको रूपमा अघि बढाइने योजना रहेको छ । सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्वद्र्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’लाई समारोहको विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो ।

यस कार्यक्रमअन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिम आवश्यकताको पहिचान गर्दै उद्योगसँग सहकार्यमा युवालाई इन्टर्नशिप, रोजगारी तथा बजारसँग जोड्ने सेतुको काम गर्नेछ ।

उद्योग तथा कृषि मन्त्रालय, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालनमा ल्याइएको केन्द्रलाई स्थानीय सरकारको विकास योजनासँग सँगै अघि बढाइनेछ । ‘उद्योगलाई दक्ष जनशक्ति आवश्यक छ भने समुदायलाई रोजगारी र स्वरोजगारका अवसरहरू चाहिन्छ,’ मेयर कोइरालाले भने, ‘यही खाँचो पूरा गर्न यो केन्द्रले ठोस भूमिका खेल्नेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।