अपडेट : दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका श्रीमतीको मृत्यु,श्रीमान घाइते !खुल्यो पहिचान
झापा । झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
आज बिहान अन्दाजी ८ बजे दमक पशुहाटस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र१–०२–००२ ख०९१२ न. को बन्दाकोपी बोकेको मालवाहक ट्रकले विपरित दिशाबाट जाँदै गरेको प्र१–०१–०१२ प ९३१२ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् भने मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकल चालक गौतमको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ ।


