यि हुन् दमकमा ट्रकको ठक्करबाट मृत्यु भएकी ४२ वर्षीया मुना
झापा । झापाको दमकमा ट्रकको ठक्करबाट कमल-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको छ ।
मुनाका पति मोटरसाइकल चालक ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।
सुकदेवले चलाएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई दमक ७ पशुडाँडामा प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो ।


