कोशी प्रदेश प्रहरी प्रमुखद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्दै नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन निर्देशन

संखुवासभा,३ भदौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले यातायातको पहुँच कम भएको पहाडी जिल्ला संखुवासभामा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

असहाय, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्न तथा समाजमा अपराधका घटना हुन नदिन र भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरुले इमान्दारी पुर्वक दैनिक प्रहरी कार्य सम्पादन गर्नु पर्ने बताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।