झापामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति–४ बर्नेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

दिउँसो करिब ३:३० बजे इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ५५८५०० को स्कोरपियो र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल प्र.१–०१–०१६प.३६६१ एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति–१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याइए पनि साँझ करिब ५:४० बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।