झुम्का कारागारमा रहेका भोजपुर घर भएका एक कैदीको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ।

लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो।

भोजपुर हतुवागढी गाउँपालिका–८ घर भइ हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई २०८१ सालको चैत्र २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा रु २५ हजार धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई आज बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ५:४५ बजे उनको मृत्यु भएको हो।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।