झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित १० जना पक्राउ

विराटनगर, भदौ ०४ गते । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट भदौ ३ गते प्रतिबन्धित लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमान्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट भारत दिल्लीका ४३ बर्षीय सागीरले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-५ स्थितबाट विहार अररियाका २९ वर्षीय ईम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय बिक्रम राईलाई १ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी महारानिझोडाले गौरादह-५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सतारलाई बिभिन्न प्रकारका ४ सय क्याप्सुल लागू औषध सहित नियन्त्रणमा लिएको छ ।

यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोक बिक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्राम सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-५ का ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।