प्राकृतिक सौन्दर्यको अनुपम उपहार ढङढङ्गे झरना
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका–५ र ६ को संगमस्थलमा अवस्थित ढङढङ्गे झरना प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो।
हरियालीले ढाकिएको पहाडको काखबाट तल झरिरहेको यो झरनाको गडगडाहटसँगै वरिपरिको वातावरण झनै आकर्षक देखिन्छ।
स्थानीयवासी मात्र होइन, टाढा–टाढाबाट आउने आगन्तुकहरू पनि यसको सुन्दरता हेरेर मन्त्रमुग्ध हुन्छन्।
पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको ढङढङ्गे झरना गर्मीयाममा चिसो हावा र शीतल जलको अनुभूति दिलाउँछ।

तस्बिर : ओमेन्सा राई


