कोशी प्रदेश प्रहरी प्रमुखद्वारा तेह्रथुम जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

तेह्रथुम, भदौ ०४ गते । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुम पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले तेह्रथुम जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष राजिव ढुगाना लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।

भदौ ४ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सभाहलमा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुनेमा सम्पूर्णमा विश्वास दिलाउनु भयो ।

साथै वहाँले उपस्थित महानुभावहरुबाट उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।