फतुवा विजयपुरमा सर्वदलीय बिशेष बैठक, नेताहरु जाग्दै

सञ्जय मिश्रा/रौतहट, ५ भदौं । रौतहटको पश्चिमि भेग फतुवा विजयपुर नगरपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्न उद्देश्यसहित आम जनता पार्टीको पहलमा बिहीबार फतुवामा बिशेष बैठक सम्पन्न गरेको छ।

 

बैठकले यही भदौ ७ गते अर्थात शनिबार दिउँसो २ बजे सितलपुरस्थित खानेपानी कार्यालयको प्राङ्गणमा सर्वदलीय पूर्णबैठक बस्ने निर्णय गरेको हो।

 

बैठकमा मेयर प्रत्यासी अजय यादव, मेयर प्रत्यासी विजय यादव निर्विज, चर्चित वडा अध्यक्ष संजय यादव, वडा सदस्य प्रत्यासी सेख मोविन, राधाकान्त यादव, नरेन्द्र यादव, आजपा सचिवालय सदस्य रामशरण यादव, आयोजक कमिटी सदस्य दीपेन्द्र रजक लगायतका सहभागीता थियो।

बैठकमा सहभागीहरुले नगरपालिकामा देखिएका बेथिती, सेवा प्रवाहमा ढिलासुस्ती र आर्थिक अनियमिततामाथि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टी नेतृत्वले नगरवासीको अपेक्षा अनुसार पारदर्शी र जवाफदेही स्थानीय सरकार बनाउन आजपा अग्रसर हुने स्पष्ट संकेत गरेको छ। यो बिशेष बैठकलाई आगामी नगर राजनीतिको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

 

पार्टीभित्र एकताबद्ध भएर भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्ने सन्देश सार्वजनिक भएको छ। मेयर तथा वडा अध्यक्षका उम्मेदवारहरु एकै मञ्चमा आउनुले आजपाले चुनावी तयारीलाई समेत तीव्रता दिएको संकेत गर्छ। स्थानीय तहमा देखिएका बेथिती र अनियमितताप्रति आम नागरिक असन्तुष्ट भइरहेका बेला आजपाको बैठकले जनताको आवाजलाई संस्थागत गर्न प्रयास गरेको देखिन्छ। पार्टीले निर्णयलाई व्यवहारमा उतार्न र नगरवासीलाई ठोस नतिजा दिन नसकेमा यो कदम केवल राजनीतिक प्रदर्शन मात्र हुने खतरा पनि रहन्छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖