ताप्लेजुङ घर भई झापामा बसेका आगलागीबाट घाइते भएकी वृद्धाको मृत्यु

झापा । ताप्लेजुङ घर भई झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा डेरा गरी बस्ने ८१ वर्षीया बाटुली माया दाहालको आगलागीका कारण मृत्यु भएको छ ।

उनी गत साउन २२ गते आगलागीमा परेर गम्भीर घाइते भएकी थिइन् । ध्रुव श्रेष्ठको ३ तले पक्की घरको दोस्रो तलामा बस्दै आएकी दाहाल खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिकेज भएर आगलागीमा परेकी थिइन् ।

आगोले शरीरका विभिन्न भाग जलेपछि तत्काल कनकाई नगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पताल हुँदै काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पुर्याइयो ।

स्वास्थ्य अवस्था गम्भीर भएकी दाहाललाई भदौ २ गते अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदै बिहीबार बिहान उनको मृत्यु भएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ । उक्त आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।