ताप्लेजुङबाट बिर्तामोडतर्फ जाँदै गरेको गाडी दुर्घटना
झापा । झापाको बुद्धशान्ति–३ बुधबारे पाथिभरा टोलमा गएराती करिब १ बजे सवारी दुर्घटना भएको छ।
ताप्लेजुङबाट आठ जना यात्रु लिएर बिर्तामोडतर्फ जाँदै गरेको गाडी बुधबारेमा दुर्घटनाग्रस्त भएको हो।
चालक छेतेन शेर्पाका अनुसार ब्रेकमा समस्या आएकाले गाडी सडकबाट केही तल खसेको बताइएको छ।
गाडीमा रहेका सबै यात्रु सामान्य अवस्थामा रहेका छन्।


