धनकुटाका एक सहित सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, भदौ ०६ गते । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ६ गते जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका १७ मा डेरा गरी बस्दै आएका सप्तरीको मलहनिया ३ का ३७ वर्षीय सत्य नारायण यादबलाई १२८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको केराबारी-८ का २५ बर्षीय हरि धमलालाई १ ग्राम ५ मिलिग्राम सहित, पथरी-१० का २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी ५ ग्राम ९८ मिलिग्राम सहित, धनकुटा सहिदभुमी-७ का ५० वर्षीय रुद्र बहादुर राईलाई ८ किलोग्राम लागू औषध गाँजा सहित, धरान उप-महानगरपालका-५ का १९ वर्षीय समिर माझीलाई Tramadol-५७३ क्याप्सुल, Dicyclomine-५५९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको प्रहरी चौकी कुञ्जिबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का ३१ वर्षीय धनेस सहनीलाई ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।