यसरी भयो विद्यालयमा ताला फोडेर चोरी

सञ्जय मिश्रा/रौतहट, ६ भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले ताला फोडेर चोरी गरेको छ।

विद्यालयको स्टोर र गेटको ताला तोडेर ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश तथा विद्यार्थीहरूलाई हातखुट्टा धुने ५० भन्दा बढी साबुनलगायतका सामग्री चोरी भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक रामजन्म महतो कहारका अनुसार चोरी भएका सामानहरू प्रायः दिवा–खाजाका लागि ल्याइएको सामग्री थिए। अस्थायी प्रहरी चौकी मेवाले रड प्रयोग गरी ताला तोडेर चोरी भएको पुष्टि गरेको छ।

शुक्रबार बिहान सफाइका लागि विद्यालय पुगेका कर्मचारी राजेश पटेलले ताला फोडिएको देखेपछि चोरी भएको थाहा भएको न्युज कारखानालाई बताए ।

घटनास्थल अवलोकनका लागि पुगेका वडा अध्यक्ष रामेश्वर राय यादव र युवा नेता बिरेन्द्र यादवलगायतका स्थानीयहरूले विद्यालय नजिकै प्रहरी चौकी हुँदाहुँदै चोरी हुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन्।

अहिलेसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान नभएको र खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी मेवाका असई संजय रामले जानकारी दिएका छन्।

विद्यालयमा चोरी हुनु सामान्य घटना होइन। ग्यास चुल्हो, खाजाका लागि ल्याइएको खाद्यान्नदेखि इन्टरनेट राउटरसमेत चोरी हुनु शैक्षिक क्रियाकलापमा प्रत्यक्ष असर पुर्‍याउने छ।

विद्यालयमा सीसीटीभी जडान,प्रहरीको नियमित गस्ती, स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्ने देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।