बराहक्षेत्रमा निजी विद्यालयहरूको शान्तिपूर्ण विरोध, स्कुल बसले नगर परिक्रमा
बराहक्षेत्र – संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने नीति ल्याइएको विरोधमा बराहक्षेत्र नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूले शुक्रबार शान्तिपूर्ण स्कुल बसले परिक्रमा गरेर विरोध कार्यक्रम गरेका छन्।
विरोध कार्यक्रमअन्तर्गत नगर क्षेत्रमा रहेको निजी विद्यालयका स्कुल बसहरूले चक्रघट्टी ,बाङ्गे ,सोमबारे लगायत ठाउँमा परिक्रमा गरेको भरौल बाल मन्दिर इङलिस स्कुलका संस्थापक प्रिन्सिपल अमृत खड्काले बताए ।
“गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता” भन्ने मूल नारासहितको कार्यक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेन लगायतका संस्थाहरूले संयुक्त आयोजन गरेका छन्।
आन्दोलनकारी विद्यालयहरूले सरकारले निजी विद्यालय बन्द गर्नेतर्फ अघि बढ्ने हो भने त्यसले शिक्षा क्षेत्रमा ठूलो संकट ल्याउने भन्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा जोड दिन आग्रह गरेका छन्।-वराह दर्पण


